Logo

प्रमुख समाचार

‘लोकतन्त्र-गणतन्त्र जनताको व्यवस्था बन्न सकेन, क्रान्ति आवश्यक छ’ : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लोकतन्त्र र गणतन्त्र जनताको व्यवस्था बन्न नसकेको बताएका छन् । आज (आइतबार्र) पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्र दलालहरुको कब्जामा गएको बताए । उनले दलालहरुको कब्जाबाट जनताको हातमा व्यवस्था फर्काउनका लागि क्रान्ति र आन्दोलन जरुरी रहेको बताए ।

‘हामीले टेस्ट गर्यौं । १८ वर्षको गणतन्त्रमा लडाईँ भयो, बहस भयो, लडाईँ भयो, छलफल भयो । नयाँ–नयाँ प्रयोगहरु भए । हामीले हेर्यौं । तर, एउटा साझा निश्कर्ष छ– यो गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । यो लोकतन्त्र जनताको लोकतन्त्र बन्न सकेन । गणतन्त्र, लोकतन्त्र दलालहरुको कब्जामा गएको छ । तिनीहरुको हातबाट जनताको हातमा फर्काउनका लागि आन्दोलन, क्रान्तिको आवश्यकता छ,’– विप्लवले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ००:३७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।