Logo

प्रमुख समाचार

आज एमाले केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा



काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।

बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ०६:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।