काठमाडौं । नेपालीहरुले भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सीमकार्ड पाउने बताएका छन् ।
‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ।’
Great news! Nepali nationals can now obtain a SIM card on the basis of their passport, Citizenship Certificate, voter’s ID, or ID issued by the Embassy. Citizens of🇳🇵were denied a SIM card earlier due to technical reasons.
Our request was processed quickly by MEA and the MoC, 🇮🇳 pic.twitter.com/ohPLyApIv1
— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024
भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।
भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।
भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ । तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम् अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ ।
ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।






















प्रतिक्रिया