Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं- प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ।

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ७ : ४२ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।