Logo

राजनीति

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश



काठमाडौं । राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारका तर्फबाट विधेयक पेश गरेका हुन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभामा पेश गर्नुपरेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु ।’

उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको उक्त विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।

उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत सदस्य संख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो । यसपछि उक्त अध्यादेशको कडा आलोचना भयो । त्यसपछि उनले त्यो अध्यादेश फिर्ता लिएका थिए ।

तर, त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पनि त्यही अध्यादेश ल्याए । उनले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने प्रावधान राखेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १५:४४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।