Logo

लोकसेवा

उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द



काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको छ ।

आयोगले आज सूचना जारी गरी नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरिएको जानकारी दिएको हो ।

सर्वोच्च अदालतबाट भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०८०/११/१० को निर्णयाअनुशार आयोगबाट मिति २०८०/०६/०५ मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन रद्द गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १४:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।