Logo

प्रमुख समाचार

शक्ति मञ्चमा बस्ने नेतासँग होइन दर्शकदीर्घाका जनतासँग छ’ : रवि लामीछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा देखिएको शीर्ष नेताहरुको एकता देश रुपान्तरणमा पनि देखिनुपर्ने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लामिछानेले मञ्चमा देखिएका सबै दलका शीर्ष नेताहरुलाई संकेत गर्दै यो एकता देशको रुपान्तरणमा पनि देखिनुपर्ने बताएका हुन् । उनले भने, ‘मञ्चमा देखिएको कम देख्ने दृश्य हो । त्यो भन्दा राम्रो दृश्य बन्न सकोस् । राष्ट्रिय मुद्दामा एक बन्न सकौं ।

भविष्यका पूर्वप्रधानमन्त्रीहरु र भविष्यका प्रधानमन्त्रीहरु मञ्चमा हुनुहुन्छ । शक्ति यता छ । यहाँको शक्तिले जनताको त्यहाँको शक्तिलाई चिन्नेछ तब देशले मुहार फेर्नेछ । ’

लामिछानेले आफू भ्रमण वर्षको सफलताको लागि उपस्थित भएको बताए । उनले भरतपुर महानगरमा भएका राम्रा कामको आफूले प्रशंसा गर्ने बताए । उनले भने, ‘भरतपुर भ्रमणको लागि देश र विदेशका सबैलाई आव्हान गर्न चाहन्छु । सिंगो साथ, सहयोग का लागि भूमिका निर्वाह गर्न तयार छु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।