Logo

प्रमुख समाचार

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता, के भयाे छलफल ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालीन पोखरेलका विषयमा कुराकानी भएको बताइएको छ ।

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरू विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति शनबिार गरिसकेको छ ।

दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको रास्वपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ७ : ३६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।