Logo

प्रमुख समाचार

वर्तमान गठबन्धनको बैठक रद्द



काठमाडौं- एमालेसहितको नयाँ सत्ता समीकरले आकार लिएपछि कांगेससहितको वर्तमान समीकरणको बैठक रद्द भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बस्ने भनिएको बैठक रद्द भएको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, मन्त्री हेरफेर, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा छलफल हुने बताइएको थियो।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीसहितकाे नयाँ सत्ता समीकरणकाे औपचारिकता लागि एमालेकाे केन्द्रीय सचिवालय बैठक बालकाेटमा बसिरहेकाे छ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:००   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।