Logo

प्रमुख समाचार

विनाविभागीय तीन मन्त्रीको शपथ ५ बजे



काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारीसमेत दिइसकेका छन् । तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन् । लिखित जानकारी केही बेरपछि पठाइने बताइएको छ ।

नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १४:५०   :  बजे

630
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।