Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै



काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ। अनेपेक्षित बदलिएको सत्ता गठबन्धनपछिको उत्पन्न राजनीतिका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ। सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षी बेन्चमा आइपुगेको कांग्रेसले सरकारलाई दिने समर्थनका विषयमा निर्णय गर्ने बताइएको छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०७:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।