Logo

प्रमुख समाचार

पद खुस्किँदा जम्बो टोली लिएर अमेरिका जाने एक मन्त्रीको योजना अपुरै



काठमाडौं- चार दिनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य जम्बो टोलिका साथ अमेरिका उड्ने योजनामा थिए। महिला सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन उनी अमेरिका जाने तयारीमा रहेको समयमा बहिर्गमनमा परेका छन्।

मन्त्रालयका सचिव सुमनराज अर्यालसहित २२ जनाको जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गरेर उनी अमेरिका जाने तयारीमा थिए। त्यहीबीचमा सत्ता गठबन्धन फेरिएसँगै पदमुक्त भएपछि उनी गोष्ठीमा सहभागी हुन नपाउने भएका हुन्।

आफू पदमुक्त भएसँगै नजाने र अब मन्त्रालयका सचिव वा अरू कोही कर्मचारीको नेतृत्वमा उक्त टोली जाने आचार्यले जानकारी दिए। उनी कांग्रेसबाट सरकारमा सहभागी थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०८:१०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।