Logo

प्रमुख समाचार

‘गठबन्धन कांग्रेसलाई महँगो सावित भयो’



काठमाडौं- नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन्। उनले सोमबारको घटनामा असन्तुष्टि जनाउँदै कांग्रेसका लागि गठबन्धन महँगो सावित भएको बताएका छन्।

राजनीतिमा गठबन्धन बन्नु,तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए। उनले माओवादीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महँगो सावित भएको बताए।

उनले यस घटनामा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि भन्दै प्रश्न गरेका छन्। अहिलेको परिस्थितिबाट पाठ सिकेर कांग्रेसले भविष्यको लागि सजग बन्न अनुरोधसमेत गरेका छन्।

‘राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं,’ उनले लेखेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०८:२३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।