काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित चार मन्त्रालय दाबी गरेको छ। गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम चार मन्त्रालयमा आफ्नो दलको दाबी रहेको रास्वपाले जनाएको हो।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति स्वर्णिम वाग्लेले बताए। उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ।
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ। बैठकमा रास्वपाबाट वाग्ले सहभागी हुनेछन्।
प्रतिक्रिया