Logo

प्रमुख समाचार

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला



काठमाडाैँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  ८ : ४९ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।