Logo

प्रमुख समाचार

गुल्मीमा माओवादीका दुई नेता खरेल र केसी एमाले प्रवेश



गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष बादल सहितका केन्द्रीय नेताले एमालेमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटीका अध्यक्ष केसीले कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नरहेको बताए । त्यसैका लागि आफू एमालेमा प्रवेश गरेको उनले बताए।

उता माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले एमाले प्रवेश गरेका खरेल र केसी पछिल्लो समय पार्टीमा निस्क्रिय रहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार २१:१३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।