काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको छ ।
सरकारले फागुन २९ गतेका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको हाे ।
आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।
संसद सचिवालयका अनुसार पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको बैठक आज आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बोलाइएको छ । बैठकमा अध्यक्षका चुनावको मिति घोषणा गरिनेछ ।




















प्रतिक्रिया