Logo

प्रमुख समाचार

कांग्रेस र एमाले मिल्नुस्, प्रचण्ड डराउँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि दलगत रूपमा सांसदहरूले धारणा राखेपछि जवाफ दिँदै प्रधानमन्त्री दाहालले ठूला दल मिल्न आग्रह गरेका हुन् ।

उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त ।’

विगतमा सबै मिलेर ‘टाउको काट्न खोजेको’ पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।

‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ? त्यस्तो हुँदैन। सक्नुहुन्छ मिल्नुस्,’ उनले भने, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न। राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो।’

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १५:२०   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।