काठमाडौं- प्रतिनिधिसभा बैठक बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बैठक बस्ने छ।
अस्ति शुक्रबारको बैठकमा कांग्रेस सांसदहरूले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले ४ चैतसम्मका लागि बैठक स्थगित गरेका थिए।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सहकारी ठगी प्रकरणमा नाम जोडिएकाले गृहमन्त्रीमा लामिछानेको बहाली अस्वाभाविक भएको भन्दै उनीहरूले प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएसम्म संसदमा अवरोध कायम राख्ने बताएका छन्।
प्रधानमन्त्री प्रचण्ड पोखरामा छन्। बिहानभरि उनी पोखरामै व्यस्त रहने कार्यतालिका छ। यता, कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ। सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीले प्रस्टीकरण नदिएसम्म कांग्रेसले जवाफ मागिरहने बताए।




















प्रतिक्रिया