Logo

प्रमुख समाचार

प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनः विस्तार, कार्की राज्यमन्त्रीमा नियुक्त



काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन् । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराउने तयारी भएको छ । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गन भएको थियो । जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १५:३०   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।