Logo

राजनीति

देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाए



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम-२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।

कांग्रेसको इलाम- १ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।

२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम-२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १४:५०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।