Logo

प्रमुख समाचार

बागमती सरकारमा हानेपाले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने, शपथ आजै



काठमाडौं । दुई दिनअघि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी (हानेपा) प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले हानेपा संसदीय दलका नेता बज्राचार्यलाई आजै शपथ गराएर सरकारमा सहभागी गराउने तयारी भएको जानकारी दिए । यसअघि मंगलबार मात्रै हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्‍याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए ।

अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन् । हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद हुनेछन् ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १७:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।