काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् ।
जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आफू बाहिर भएको बेला के-के भयो भन्ने कुरा धेरै थाहा नभएको बताए ।
उनले संसदीय क्यालेन्डरअनुसार नै चैत १८ गतेबाट बैठक चल्ने बताए । ‘दलहरूबीच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले संसद् अवरोधबारे दलहरूबीच छलफल गरेर संसद् बैठकले गति लिने बताए ।
सभामुख घिमिरे नेतृत्वको टोली गत बिहीबार जेनेभा गएको थिए ।




















प्रतिक्रिया