Logo

राजनीति

संसद् अवरोध हटाउन दलहरूबीच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् ।

जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आफू बाहिर भएको बेला के-के भयो भन्ने कुरा धेरै थाहा नभएको बताए ।

उनले संसदीय क्यालेन्डरअनुसार नै चैत १८ गतेबाट बैठक चल्ने बताए । ‘दलहरूबीच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले संसद् अवरोधबारे दलहरूबीच छलफल गरेर संसद् बैठकले गति लिने बताए ।

सभामुख घिमिरे नेतृत्वको टोली गत बिहीबार जेनेभा गएको थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १०:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।