काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता नहुने भएको छ । केहि समयदेखि यी दुई पार्टी एकीकरण हुने र राजा र हिन्दुराज्य पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्ने गरि एकताको लागि वार्ता प्रक्रिया अघि बढेको थियो ।
राप्रपाका तर्फबाट महामन्त्री धवल शमशेर राना र राप्रपा नेपालको तर्फबाट वरिष्ठ उपाध्यक्ष तारानाथ लुइँटेलले एकताका लागि वार्ता गरिहेकोमा अध्यक्ष लिङ्देनले असहमति जनाएपछि तत्काल वार्ता नहुने भएको हो । यसको जानकारी केहि समय अघि धवलशमशेरले जानकारी गराएका थिए ।
यसैबीच राप्रापा नेपालका अध्यक्ष कमल थापाले पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गरेर गल्ती नगर्ने बताएका छन् । थापाले आफ्नो गृहजिल्ला मकवानपुर पुगेर राप्रपाको नेतृत्वको खुलेरै आलोचना समेत गरे ।
थापाले लिङ्देन मुद्दा र एजेन्डा स्थापित गर्नेतर्फ भन्दा सत्ता केन्द्रित राजनीतिमा लागेको भन्दै तत्काल एकता नहुने बताए । उनले भने,‘राप्रपासँग तत्काल एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ ।’
लिङ्देनले सत्ता केन्द्रित राजनीतिमा लुप्त भएर सरकारमा सहभागी भएको उनको आरोप छ । त्यस्तै अहिलेपनि प्रचण्ड नेतृत्वको गठबन्धनले राप्रपालाई सरकारमा लग्यो भने सजिलैसँग जान तयार रहेको थापाको भन्दै थापाले लिङ्देनको यस्तो चरीत्रप्रति आपत्ति जनाएका हुन्। राप्रपाले यहीँ चैत्र २७ गते सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।




















प्रतिक्रिया