Logo

प्रमुख समाचार

जनमत सांसद गोमालाई हटाउन मिल्दैन : सभामुख



काठमाडाैं । जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन गरेको पत्राचार त्रुटीपूर्ण रहेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ठहर गरेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रहरू अध्ययन गर्दा सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम गरेका हुन् ।

संसद सचिवालयले जनमत पार्टीलाई पठाएको पत्रमा ‘कारबाही कानुन एवं प्रक्रियागत रूपमा प्रथम दृष्टिमै त्रुटीपूर्ण देखिन आएको’ उल्लेख छ ।

पत्रमा भनिएको छ–‘त्रुटीपूर्ण कार्यलाई अनदेखा गरि निजमाथि गरेको भनिएको कारबाही अगाडि बढाउन सक्ने अवस्था भएन ।’

स्वकीय सचिव राख्ने विषयमा सांसद सापकोटाको पार्टीसँग विवाद भएको थियो । स्वकीय सचिव नियुक्त गर्ने सांसदको अधिकार भएपनि जनमत पार्टीले आफूले भनेको व्यक्ति राख्नुपर्ने भन्दै सापकोटालाई दबाब दिएको थियो । दबाब अस्वीकार गरेकी सापकोटालाई जनमत पार्टीले सांसद पदबाटै हटाउन सभामुखलाई पत्र लेखेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार १०:०३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।