Logo

प्रमुख समाचार

दुई सचिवको सरुवा



काठमाडौं- सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई सचिवको सरुवासहित दुई जनालाई कायममुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि(विज्ञान तथा प्रविधि) मन्त्रालयमा सरुवा गर्दै त्यहाँकी सचिव प्रमीला देवी बज्राचार्यलाई पुडासैनीको ठाउँमा पठाइएको छ।

यसैगरी सचिव बढुवा सिफारिस तीन जना भित्र परेका दुई वरिष्ठ सहसचिवहरूलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा पठाउने निर्णय पनि गरेको छ । मधेस प्रदेश प्रमुख सचिव दिनेश घिमिरे वाणिज्य सचिवमा सरुवा भई आएसँगै रिक्त रहेको पदमा लोकनाथ पौडेल र कोशी प्रदेशको निमित्त प्रमुख सचिव रहेका केदारनाथ शर्मालाई कायम मुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय भएको बताइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०६:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।