काठमाडौं । इलाम-२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष समेत हुन् ।




















प्रतिक्रिया