काठमाडौं । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।
आयोगका प्रवक्ता पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।




















प्रतिक्रिया