Logo

प्रमुख समाचार

संसद्‌मा खेल्ने भूमिकाबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‌मा रहेका पार्टीका पूर्व र वर्तमान पदाधिकारीको बैठक आह्वान गरेका छन् । निजि निवास बुढानीलकण्ठमा अहिले विहान ८ बजे बोलाएको बैठकमा मंगलबारका लागि बोलाइएको संसद्‌मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति नबनाए संसद् बैठक चल्न नदिने अल्टिमेटम दिइसकेको छ ।

आजै सभामुख देवराज घिमिरेले सहकारी ठगीका विषयमा छलफल गर्न सोमबार नै चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।