पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिवक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो ।
यसअघि १०५ दिनको मुख्यमन्त्री हुँदा कास्कीका श्रीकान्त बराललाई नियुक्त गरिएको थियो । अहिले पनि उनैलाई नियुक्त गर्ने छलफल मन्त्री परिषद बैठकमा भएको थियो । ‘बराल नै नियुक्त हुने कुरा थियो । उहाँलाई नै काम गर्ने गरी काठमाडौं पठाइएको हो,’ श्रोतले भन्यो ।
तर निर्णय लेख्ने बेलामा अधिकारीको नाम उल्लेख छ । आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ ।




















प्रतिक्रिया