Logo

राजनीति

यी हुन् १० दिनभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू



काठमाडौं । संसद्को हिउँदे अधिवेशनमा बिरामी भएका कारण ३ जना सांसद १० दिन भन्दा बढी अनुपस्थित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उनीहरूको सूची प्रस्तुत गरेका छन् ।

एमाले सांसद वसन्त कुमार नेम्वाङ माघ १७ देखि वैशाख २ गतेसम्म १२ वटा बैठकमा उपस्थित हुन सकेनन् । उनको ब्रेन स्ट्रोक भई उपचार भइरहेको छ ।

कांग्रेस सांसद मनोरमा शेरचनपनि उपचारका क्रममा रहेकाले १३ वटा बैठकमा सहभागी भइनन् भने जनमत पार्टीकी सांसद सोनु मुर्मु आमा र श्रीमानको उपचारका लागि भारत जानुपर्ने भएका कारण १० वटा बैठकमा अनुपस्थित भएकी छिन् ।

 

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १५:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।