Logo

राजनीति

इलाम-२ मा आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने



काठमाडौं । आम जनता पार्टी (आजपा)ले इलाम-२ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा डेकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता चन्द्र भूषण साहले आज एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका छन् ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित छ । यसर्थ, यस विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह गर्दछौं । अहिले ईलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो ढोंगरनाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादी बिचको लडाई छ ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार १२:३५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।