प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।
छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को ३००५ मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् ।
एमाले केन्द्रीय सदस्य ऐन महरले दिएको जानकारी अनुसार ४ वडाको मत गनिसक्दा एमालेका भण्डारीले १३०३ र नेपाली कांग्रेसका अभिषेक सिंहले ६५४ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ६४९ को रहेको छ ।
यी चार वटै वडामा गत साल भएको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए ।





















प्रतिक्रिया