बझाङ १ को प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ ।
सोमबार बिहानसम्म ३४ वडाको मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् । उनले ८८७४ मत ल्याएका छन् ।
कांग्रेसका सिंहलाई नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन् । भण्डारीले ८६१५ मत ल्याएका छन् ।
यहाँ कांग्रेसका उम्मेदवार सिंह २५९ मतान्तरले अगाडि छन् ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३२१५ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २३१० मत ल्याएका छन् ।
बझाङमा अझै १६ वटा वडामा खसेको मत गणना गर्न बाँकी छ। २०७९ मा भएको चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसका उम्मेदवारले जितेका थिए ।





















प्रतिक्रिया