Logo

प्रमुख समाचार

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउने तयारी



काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएको छ ।

मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।

सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल सुरु भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार २०:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।