सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई अस्पताल भर्ना गरिएको छ ।
कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको हो ।
मन्त्रीको स्वकीय सचिव जंगबहादुर विकका अनुसा आज स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । संक्रमण पुष्टि भएपछि मन्त्री होम आइसोलेसनमा बसिरहेका थिए । नाकबाट रगत बगिरहेको छ, अवस्था सुधार नभए अन्यत्र रेफर गर्नुपर्ने स्थिति रहेको विकले जानकारी दिए ।




















प्रतिक्रिया