Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो



काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबीच सहमति हुन नसकेपछि सारिएको हो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।

संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  १२ : ५० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।