Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज  बस्दै छ ।  संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान १ बजे बस्दै छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संबिधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

सहकारी ठगि प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ८ : ४७ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।