Logo

प्रमुख समाचार

खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं : गृहमन्त्री



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । करिब दुई महिनापछि आइतबार प्रतिनिधिभास बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा आफ्नो कहीँ कतै संलग्नता नरहेको बताएका हुन् ।

उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु । गोरखा मिडिया नेटवर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’

कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै गृहमन्त्री लामिछानले भने ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ । ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ९ : ०६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।