Logo

अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियाे



एजेन्सी। इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् ।

यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । उद्धार टोली घटनास्थल पुगिसकेकाे छ।

टर्कीले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनाको स्थल पत्ता लगाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  १० : २८ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।