Logo

प्रमुख समाचार

कांंग्रेसका सांसद् सहभागी नभएपछि अझै सुरू भएन सभामुखले बाेलाएकाे कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौं। नेपाली कांग्रेसका प्रतिनिधि नआएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन।

संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले सोबार बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बोलाए पनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू बैठकमा उपस्थित भएका छैनन्।

नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने सम्भावित कार्यसूची छ।

तर, नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  १० : ५५ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।