Logo

अन्तर्राष्ट्रिय

इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन



काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ । ‘राष्ट्रपति रायसी र विदेशमन्त्रीसहित हेलिकप्टरमा सवार सबै यात्रुहरुको मृत्यु भएको छ,’ ती अधिकारीले रोयटर्ससँग भनेका छन् ।

उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ११:०१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।