काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो ।
आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवा बैठक बाेलाएका हुन् ।
कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । यस्तो पृष्ठभूमिमा बैठकले साझा धारणा तय गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया