Logo

प्रमुख समाचार

कांग्रेसप्रति प्रधानमन्त्रीको आक्रोश : तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् ।

एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री दाहालले आफूले कांग्रेसलले पटक-पटक सहयोग गरे पनि आजको गतिविधिले दु:खी बनाएको बताएका हुन् ।

विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज बहुत गलत गर्नुभयो ।’

विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’

यो गतिविधि कांग्रेसका लागि चर्को मूल्य पर्ने भन्दै उनले अगाडि भने, ‘आजको तपाईहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलंकका रुपमा ।’

प्रकाशित मिति : जेष्ठ ६, २०८१ सोमबार  १२ : ४९ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।