Logo

प्रमुख समाचार

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : लेखक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको लेखकले बताएका छन् ।

उनले भने, ‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’

यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमकापनि संसदीय मूल्य र मान्यताविपरित भएको निष्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।