Logo

प्रमुख समाचार

प्रचण्डलाई लेखकको प्रतिप्रश्न : जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो ?



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिँदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे ।

लेखकले संसदमा भएको गतिविधि संसदीय मूल्य र मान्यता विपरीत भएको बताउँदै आफुहरु यसकोविरुद्ध लड्ने बताए । उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ५ : १३ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।