Logo

राजनीति

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगर कर्मचारीको अनाहकमा अपमान सहदैनौं



काठमाडौँ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् ।

बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र  भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताएका छन् ।

उनले भने-

फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।  अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।  बुझेर कदम चाल्नुहोला ।

रास्वपा र माओवादीको पार्टी कार्यालयमा फोहोर लिएर गएपछि पक्राउ परेका थिए चार चालक

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ८ : १६ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।