Logo

प्रमुख समाचार

कि गगनलाई गिरफ्तार गर, नत्र गृहमन्त्रीलाई बर्खास्त गर : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राज्यका सूचना बेच्नु देशद्रोह भएको टिप्पणी गरेका छन् । हिजो प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै देशको सूचना बेचेको आरोप लगाएपछि नेता रावलले सत्यतथ्य छानबिनको माग गरेका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्- ‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‍मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् ।

यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।’ गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी संसद्‍मा प्रस्तुत गरेको मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गर्न माग गरेका छन् ।

उनले थपेका छन्- ‘यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारबाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ०८:३६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।