Logo

प्रमुख समाचार

संसद्‌मा कांग्रेसको नाराबाजी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

आ-आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

कांग्रेसको अवरोधकै बीच सभामुखले सभालाई अघि बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  १ : ०९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।